First Aid Training Program Successfully Conducted at Diktel English Secondary Boarding School
Diktel, Jestha 9 – A one-day First Aid Training Program was successfully conducted at Diktel English Secondary Boarding School. The session was led by respected Health Assistant Mr. Santosh Bajimaya as the chief trainer, while the school’s own Health Assistant, Mrs. Apsara Khadka, facilitated the program.
All esteemed teachers of the school actively participated in the training. The session provided practical knowledge and skills on essential first aid topics such as handling sudden injuries, controlling bleeding, managing unconsciousness, sprains, and burns.
During the opening ceremony, MR ISO (Mission for Recognition – ISO) representative, respected Mr. Lal Prasad Ghimire, emphasized the importance of first aid awareness in schools. He expressed that having immediate medical response systems in sensitive institutions like schools is critically important.
The Principal of the school, respected Mr. Dhanakarn Shrestha, expressed his belief that such training programs help enhance health awareness and responsibility within the school community. He also informed that 7 First Aid Boxes will be installed in necessary and accessible locations throughout the school.
The school administration believes that this training has prepared the entire teaching staff to provide appropriate and immediate first aid in case of emergencies.
अग्नि नियन्त्रण प्रयास गर्दै दिक्तेल बोर्डिङ टिम । सहकार्य तथा सहयोगको लागि जिल्ला प्रहरी कार्यालय खोटाङलाई विशेष धन्यवाद !
Read More
खोटाङ जिल्लाकै अग्रणी शैक्षिक संस्था “दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूल” (DESBS) ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ग्लोबल क्वालिटी काउन्सिल (GQCO) सँग दोहोरो सम्झौतामा हस्ताक्षर गरेको छ । १८ गते सोमबार सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनकर्ण श्रेष्ठले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (ISO) का नेपाल प्रतिनिधि तथा ग्लोबल क्वालिटी काउन्सिलका सुदीप शर्माले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई गुणस्तर सम्बन्धी विशेष प्रशिक्षण प्रदान गर्नुभयो । उहाँले शिक्षामा गुणस्तर कायम राख्न व्यवहारमा नै लागू गर्नुपर्ने कुराहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने औंल्याउनुभयो भने प्रशिक्षण सत्रमा ISO 21001:2018 को महत्व, विद्यालयमा यसको प्रभावकारी कार्यान्वयन, शिक्षकहरूको भूमिकालगायतका विषयमा विस्तृत जानकारी दिनु भएको थियो ।
काउन्सिलका अर्का प्रतिनिधि तथा क्वालिटि अडिटर सूर्य केसीले स्कूलमा सरसफाईसम्बन्धी विशेष प्रस्तुति दिनुभयो । उहाँले शौचालयदेखि अफिसको टेबलसम्म सफा राख्नुपर्ने, स्वच्छ वातावरणले स्वास्थ्य र सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने र ISO मापदण्ड अनुरूप सफाइ अभियान सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
ISO 21001:2018 को कार्यान्वयनपछि विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तरका मापदण्डहरू पालन गर्दै शिक्षा प्रणालीमा निरन्तर सुधार गर्ने, विद्यार्थी केन्द्रित शिक्षण तथा शिक्षण प्रक्रियाको प्रभावकारीता वृद्धि गर्ने लक्ष्य लिएको छ । विद्यालय प्रशासनले शिक्षकहरूको क्षमता अभिवृद्धि, विद्यार्थीहरूको सिकाइ अनुभव सुधार, व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने जस्ता कार्यलाई प्राथमिकताका साथ अघि बढाउने बताएको छ ।
खोटाङ जिल्लामा गुणस्तरीय शिक्षाको पहिचान बनाउँदै आएको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूल विगत केही वर्षयता डिजिटल प्रविधिहरूको प्रयोगमा अग्रसर रहँदै आएको छ । विद्यालयले स्मार्ट आईडी कार्ड सिस्टम, डिजिटल हाजिरी, स्मार्ट बोर्ड र सूचना-प्रविधिमैत्री शिक्षण प्रणाली लाई प्राथमिकता दिएको छ । यसै क्रममा, विद्यालयले ISO 21001:2018 को कार्यान्वयन गर्दै शिक्षामा गुणस्तर कायम राख्ने अभियानलाई अझ मजबुत बनाएको छ ।
ग्लोबल क्वालिटी काउन्सिल (GQCO) ले शिक्षा क्षेत्रमा गुणस्तर व्यवस्थापन र अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा प्रणालीको विकासमा लामो समयदेखि कार्य गर्दै आएको छ । यस सम्झौतासँगै दिक्तेल बोर्डिङ स्कूलले शिक्षण प्रणालीमा सुधार, विद्यार्थीहरूको सिकाइ अनुभव सशक्तिकरण र व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गेह कुमार सैंजुले देवानन्दको भन्ने फिल्मको उदाहरण प्रस्तुत गर्दै कुलतले कसरी व्यक्ति तथा परिवारलाई असर पार्छ भन्ने विषयमा विद्यार्थीहरूलाई महत्त्वपूर्ण सन्देश दिनुभयो । साथै, परिवर्तन संघका केन्द्रीय अध्यक्षले आफ्ना अनुभवहरू बाँड्दै, कुलतमा नफस्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । कुलतमा फस्नु भनेको आफैंलाई र परिवारलाई पलपल मर्नु जस्तै हो भन्ने सन्देश दिनुभयो । विद्यालयले सहयोग स्वरूप परिवर्तन संघलाई रु. १०,००० प्रदान गरेको छ । यस्तो प्रेरणादायी कार्यक्रमका लागि परिवर्तन संघलाई धन्यवाद !