कार्यक्रमका प्रमुख अतिथि गेह कुमार सैंजुले देवानन्दको भन्ने फिल्मको उदाहरण प्रस्तुत गर्दै कुलतले कसरी व्यक्ति तथा परिवारलाई असर पार्छ भन्ने विषयमा विद्यार्थीहरूलाई महत्त्वपूर्ण सन्देश दिनुभयो । साथै, परिवर्तन संघका केन्द्रीय अध्यक्षले आफ्ना अनुभवहरू बाँड्दै, कुलतमा नफस्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । कुलतमा फस्नु भनेको आफैंलाई र परिवारलाई पलपल मर्नु जस्तै हो भन्ने सन्देश दिनुभयो । विद्यालयले सहयोग स्वरूप परिवर्तन संघलाई रु. १०,००० प्रदान गरेको छ । यस्तो प्रेरणादायी कार्यक्रमका लागि परिवर्तन संघलाई धन्यवाद !